नेपाली यौन साहित्य सँगालो :
Home » » म पुरुष वेश्या : ‘घरका धेरै नोकरचाकरसँग यौन सम्बन्ध राखें’

म पुरुष वेश्या : ‘घरका धेरै नोकरचाकरसँग यौन सम्बन्ध राखें’

~~श्रोत: अन्लाईनबाट~~

काठमाडौंका रैथाने लोहनी परिवारको छुट्टै जगजगी थियो । आफ्नै रवाफ थियो, शान थियो । राणा शासनका बेला दरबारको नजिक उनीहरू नै थिए । ‘घरमा नोकरचाकर मात्रै सयभन्दा बढी हुँदा हुन्,’ रक्सीले हल्का झुम्म भएका पुष्कर लोहनी भन्दै थिए, ‘तीमध्ये बढी त आइमाई हुन्थे । हामी सानै थियौं । ठूलो घरका कोठा, चोटा चहार्दा उनीहरूको यौन क्रियाकलाप मज्जैसँग देख्न पाइन्थ्यो । हुर्कंदै गएपछि मैले पनि घरका धेरै आइमाईहरूसँग यौन सम्बन्ध कायम गरें ।’
लगभग कतिसँग ? ‘यतिउति याद भएन, ५० भन्दा बढीसँग मेरो यौनिक सम्बन्ध रह्यो होला,’ यौनबारे निकै खुलेरै कुरा गर्ने लोहनीले सुनाए । एउटी अपरिचित र आफूभन्दा ठूली उमेरकी महिलासँगको पहिलो समागम कस्तो रह्यो ? ‘उत्तेजना, तन्द्रा र भय थियो । मुटु जोडजोडले धड्किइरहेको थियो,’ आफू १४ वर्षकै हुँदा आफ्नो पहिलो सम्पर्क भएको उनको अनुभवले बोल्छ ।
नेपाली साहित्यबजारमा लोहनीको छुट्टै नाम छ– छिल्लिएका कथाकार । हुन पनि हो, ५० वर्षभन्दा बढी भएछ उनले यौनकथा लेख्न थालेको । सानै उमेरमा उनलाई ‘यौन त गज्जबकै चीज हुँदोरहेछ’ भन्ने लागेको रहेछ । ‘म हुर्कंदै गरेको परिवेशले मलाई यौन कथाकार बनायो,’ उनले भने । उनी आफैंले पनि केही वर्षअघि घोषणा गरे, ‘म पुरुष वेश्या ।’ किन ? ‘मैले जीवनमा विभिन्न मान्छेसँग संगत गरें, विभिन्न उमेरका स्वास्निमान्छेसँग,’ उनले सुनाए, ‘ती सबैसँग मैले भिन्नभिन्न आकर्षण पाएँ । अनि यौनको चरम उत्कमर्षको बेला पनि भिन्नभिन्न आनन्द ।’ तर, पुष्कर दबी गर्छन्– उनले कहिल्यै कोही पनि महिला खोज्दै हिँडेनन् रे । ‘महिला मसँग आउँथे, म पनि त्यही चाहन्थें ।’ यौनबारे उनको परिभाषा छ– यौन स्वभाविकता हो । एउटा विशेष आकर्षण । बढीमा त यौन विचार पनि हो ।
पुष्करको अहिले कथा समुदायमा ‘यौनगुरु’ को पहिचान बनेको छ । यिनी यौनलाई नयाँ अर्थ दिने कोसिसमा लागेका छन्, निकै वर्षअघिदेखि, ‘यौन विवाहित र अविवाहित भन्ने हुन्न, यौन बूढो र बालक हुन्न । जुनसुकै उमेरकालाई पनि यौन अत्यन्तै आवश्यक चीज हो ।’
पुष्कर सदावहार तन्नेरी लाग्छन् । उनले जीवनमा धेरैसँग प्रम गरे । ती प्रेम यौनसम्म पुग्थे । तर, पछि सफल भएनन् । यौवनका ती प्रेमलाई धोका भन्ने पक्षमा उनी छैनन् । प्रेमपछि सबैलाई विवाह गर्न नसकिने उनको ठहर छ । ‘जवानीका बेला देखेजति सबै राम्रा लाग्छन् । धेरैसँग प्रेम हुन्छ । कतिसँग विवाह गर्नु त ?,’ उनको अनुभव बोल्छ । जेहोस् पुष्करले प्रेमकला सिकेछन् । अहिले सम्झँदा ती दिन कस्ता लाग्छन् ? ‘रमाइला लाग्छन् । कहिलेकाहीं ती दिनहरूमा फर्कंदा मन चञ्चल भएर आउँछ,’ पुष्करले सुनाए, ‘ती दिन फेरि फर्केर आए हुन्थ्योजस्तो लाग्छ ।’
लामो बाटो छिचोलेर यो उमेरमा आइपुगेका धेरैलाई लाग्दो हो अब त बूढो भइयो । जवानीका ती दिनहरू, रहरहरू, जोशहरू र पे्रमहरू कथादेशका कथा भइसके । तर, पुष्करलाई यीमध्ये त्यस्तो केही पनि लाग्दैन । ‘मनले सोचिहेरे ती जोश र रहरहरू अहिले पनि उस्तै छन् । तिनले छोडेर गएजस्तो, चरीझैं धोका दिएर गएजस्ता लाग्दैनन् । मन आफ्नो हो, आफ्नै वशमा भए राम्रो,’ उनी सुनाउँछन् ।
यौनको मज्जा त बेग्लै । पुष्करले एकपटकको गिलास नपखालीकन थुप्रैपटक कोदोको झोलले गिलास भरेका छन् । साँझ झमझम पानी पर्दा मदिराको रमरम मात र सुन्दरी भइदिए पुष्कर अहिले पनि १६ वर्षे पठ्ठो बन्छन् । यसरी पुष्करको जीवनका धेरै साँझ लालीमय बनेका छन् । झमझम पानीसँगै मदिराको मात लाग्दा उनका अघि सधैं १७/१८ वर्षकी सुन्दरीका चुलबुले आँखा र पुटुस्स छाती देखापर्छन् । तिनै युवतीले रित्तो गिलास भरिदिए हुृन्थ्योजस्तो लाग्छ अहिलेपनि । जब नशा टुट्छ उनी एक्लै हुन्छन् । मात्र मदिरा र झरी हुन्छ । ‘सुन्दरीको यादमा हराउँदा मेरो तनमा नयाँ जीवन सवार हुन्छ,’ उनले सुनाए । सायद सुन्दरी र मदिरासँगैका यस्तै मात चढेका रात सम्झेर पुष्करले हाइकु लेखिहाले–
भीडभाडमा
च्यातिएकी रे तिमी
बैंस गनायो

पुष्कर आफ्नो अर्को योग्यता ‘रक्सी पिउनु हो’ भन्ने सुनाउँदा खुसी मान्छन् । ‘रक्सी पिउन पनि जान्नुपर्छ । यो पनि यौनकलाजस्तै हो,’ उनले सुनाए, ‘तर, आफूले रक्सीलाई जति माया गरे पनि यसले आफ्नो जात भने जनाइहाल्छ ।’ यसैले आधा शताब्दीभन्दा बढी रक्सी पिएका उनको निचोड छ– रक्सी प्रेम गर्ने जात भने होइन । यति धेरै पियक्कड लोहनीले कहिल्यै नपिउने कसम खाए होलान् ? ‘खाएँ कहिलेकाहीं । फेरि कसम खायो, फेरि पियो,’ उनले भने, ‘किन छोड्नु रक्सी ? रक्सीसँग मैले बिताएका समय निकै रोमान्टिक छन् ।’ ‘पहिलोपटक कहिले रक्सी पिएँ होला’ भन्ने हेक्का रहेनछ पुष्करलाई । तर, रक्सीसँगको आफ्नो मित्रता आधा शताब्दी पुरानो भएको उनलाई हेक्का छ । यौन एउटा खाना हो । जुन नियमित हुनुपर्छ । पैसा खर्च गरेरै आनन्द चाहन्छ भने यो त राम्रो हो नि । फेरि यो धेरैको रोजीरोटीको बाटो पनि बनेको छ रक्सी, प्रेम र यौन प्रसंगका एउटा पात्र हुन्– पुष्कर । उनी पुगेका विभिन्न जमघट र गोष्ठीतिर अरूलाई पनि हाइकूको मात लाग्छ । पुष्कर अरुलाई हाइकू सुनाउन हतारिएका हुन्छन् । गोष्ठीतिर पुष्कर पुग्दा सबै ‘लौ अब मज्जा आउने भयो’ भन्दै पुलकित बन्छन् । आफूले भेटेका धेरै सुन्दरीलाई नायिका बनाएर उनले यौनकथा लेखेका छन् । कथामा पाइएका कतिपय सन्दर्भ त उनका आफ्नै हुन्छन् । आफैंले भोगेका धेरै युवती उनका कथाका पात्र बनेका छन् । हाइकूका जीवन बनेका छन् । आफूले जीवनमा गरेका धेरै प्रेमहरू दुर्घटित हुँदा पनि पुष्कर आफूलाई असफल प्रेमी मान्दैनन् । ‘म उनीहरूसँग अहिले पनि प्रेममा छु,’ उनले सुनाए, ‘यो सबै सुन्दा मलाई धेरैले प्लेब्वाई वा लेडिकिलर भन्दा हुन् । भने मैले के गर्नु त ?’ बजारमा यौनको कुरामा ‘पुष्कर बदनामी छ’ भन्ने उनी आफैंलाई लाग्छ । ‘मलाई कतिले नपुंशक पनि भन्छन्,’ सुनेको भरमा आफूप्रतिको उनको बुझाइ यस्तो छ । बाजे भइसकेका पुष्कर अहिले पनि युवतीको मनैमा बसेको छु भन्छन् । ‘अहिले पनि कत्ति युवती आउँछन्, मलाई स्र्पश गर्छन् र उत्तेजित हुन्छन्,’ उनले सुनाए, ‘भर्भराउँदो जोवन भएका युवतीहरू ।’ यो सबै देख्दा भने उनी एउटा निचोडमा पुगेका छन्, ‘मान्छेको मन बूढो भए पनि तन बूढो नहुने रहेछ ।’ यत्तिका वर्ष यौनसाहित्य लेखेर समय गुजारेका पुष्करलाई पुरानो नेपाली समाजबाट यौन अहिले कहाँ आइपुग्योजस्तो लाग्छ ? ‘काठमाडौं खाल्डोमा बसेकाहरू यौनका मामलामा निकै अगाडि थिए । उनीहरूलाई भोग्नु ठूलो कुरा हुन्थ्यो,’ पुष्करले सुनाए, ‘पछि काठमाडौंमा धेरैतिरका मान्छे ओइरिन थाले । यौनमा पनि परिर्वनत आयो । पहिले पनि विवाह नगर्ने, प्रेम गर्ने, यौन समागमतिरमात्रै लाग्ने र छोड्ने चलन थियो । तर, अहिले त्यो बिस्तारै मत्थर हुँदै छ । अहिले खुला समाजले यौनलाई बुझ्न थालेको, अँगाल्न थालेको छ । अहिले माया यौनसम्मै पुगे पनि त्यहाँ चोखै हुन्छ मायाको रङ ।’ उनले यौनलाई विभिन्न आँखाले हेर्ने प्रयास गरेका छन् । तीन किसमको यौन भेट्टाएका छन् उनले– भ्याजिनल, एनल र ओरल । ‘अहिलेको पुस्तालाई त सबै किसमको यौन सामान्य भएको छ,’ उनको ठहर छ । यौनको मामलामा उनले स्वास्नीमान्छेलाई दोषी देखेका छन्, ‘स्वास्नीमान्छे लोग्नेमान्छेलाई चाँडो उत्तेजित गराएर चाँडै शिथिल बनाउन चाहन्छन् । लोग्नेमान्छेको यौनशक्ति सबै क्षीण बनाउन चाहन्छन् ।’ १४ वर्षकै उमेरमा पहिलो यौनसम्पर्क यौन पेसा अँगाल्ने महिलाहरूबारे उनको धारणा छ, ‘पुरुषलाई सक्रिय यौनजीवनबाट बाहिर पुर्याउने तिनै यौन पेसा अँगाल्नेहरू हुन् । आफूले पनि यौनकर्मी महिलासँग जीवनमा निकैपटक यौन सम्बन्ध राखेको उनी सुनाउँछन् । ‘तर, ती उत्तेजित हुन्छन् । त्यहाँ पुगेको पुरुषको आवेग चाँडै सेलाउँछ,’ उनले सुनाए । तर, जीवनका धेरै इन्द्रधनुषी रङहरूबाट कता–कता पछारिएको अनुभव गर्ने पुष्कर अहिले खासै सक्रिय यौनजीवनमा छैनन् । ‘उमेरसँगै सक्रियता हराउँदोरहेछ,’ उनको निचोड छ । त्यसो भए पुष्करको यौनदर्शन के हो त ? ‘मानिसभित्र स्वाभाविक रुपमा हुन्छ यौन । त्यो सबैले गर्छन्, चाहिन्छ,’ उनले भने, ‘यौन मान्छेको कमजोर पक्ष हो । यौनमा स्वास्नीमान्छे नागिनजस्ता हुन्छन् ।’ उनलाई यौन किनबेचको विषय भएकोमा रमाइलै लाग्छ । ‘ठिकै हो, यो किनबेचकै विषय भएको राम्रो,’ उनले भने, ‘यौन एउटा खाना हो । जुन नियमित हुनुपर्छ । पैसा खर्च गरेरै आनन्द चाहन्छ भने यो त राम्रो हो नि । फेरि यो धेरैको रोजीरोटीको बाटो पनि बनेको छ । यो राम्रो पक्ष हो ।’ उनलाई यौन सम्मोहन हो जस्तो पनि लाग्छ । ‘नभए रेखा प्रचण्डसँग किन नाचिन् ? रेखा नाच्न थाल्दा प्रचण्ड र भीडका थुप्रै पनि नाचे,’ माओवादी आन्दोलनमा रेखा सडकमा प्रचण्डसँग नाच्दाको कुरा उठाए, ‘यो एउटा सम्मोहन हो । यौन आकर्षण हो ।’ उनलाई नेपालका नेताहरूमा सबैभन्दा ‘सेक्सी’ प्रचण्ड लाग्छ । ‘प्रचण्डले आफ्नो उत्तेजना रोक्न सक्दैनन् । बरु बाबुराम भट्टराई शालीन छन् । उनी आफ्नो उत्तेजनालाई रोक्न सक्छन्,’ उनले भने । उनलाई रेखा प्रचण्डसँग प्रेमले होइन मनको भित्री दमित यौनेच्छा पूरा गर्न नाचेकी हुन् जस्तो लाग्छ । ‘प्रेम सेक्सको सुकिलो नाम हो,’ उनले भने । ५० भन्दा बढीसँग मेरो यौनिक सम्बन्ध राखें कानुनले हस्तमैथुनलाई वर्जित गरेको छ । ‘यसरी कसरी हुन्छ ? यौनलाई सामाजिक बनाउन सक्नुपर्छ,’ उनले सुनाए, ‘हस्तमैथुनलाई वर्जित गरेर समाज अगाडि बढ्ला त ?’ धेरैलाई पुस्कर कथाका पात्रहरू निकै छाडा लाग्छन् । ‘मैले ल्याएका कथाका संवाद छाडा होइनन् । मान्छेकै कुरा ल्याएको हुँ,’ उनले भने । त्यसो भए पुष्करका कथा बढी उत्तेजति होला कि भियग्रा ? ‘भियग्रा यौनशक्ति वृद्धिका लागि खाने हो । मेरा कथा भियग्राजति उत्तेजित हुँदैन । मैले त पात्रमात्र ल्याइदिने हो,’ उनले सुनाए । उनलाई पावरदार चश्मा र यौवनमा कुन बढी आवश्यक लाग्छ ? ‘यौवन,’ उनको छोटो उत्तर थियो, ‘यौवन सम्झँदा अहिले पनि उत्तेजित हुन्छु ।’
अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger