यतिबेला बलिउडमा बिग बजेटको फिल्मको चर्चा चुलिएको छ । यसै सिलसिलामा सलमान खानको फिल्म छ, ‘भारत’ । यस फिल्ममा सलमान खनका साथै अभिनेत्री क्याटरिना कैफ र दिशा पटानी पनि देखिनेछन् । टाइगर श्राफकी गर्लफ्रेन्ड दिशाले सलमानको यो फिल्मका निम्ति कडा मेहनत गरिरहेको बताइन्छ । रोचक त के भने, यता अक्षयकुमारको फिल्मबाट चाहिँ दिशा ‘आउट’ भएकी छिन् । उनलाई आर बल्कीको फिल्म ‘मंगलयान’मा महत्वपूर्ण भूमिका मिलेको थियो, जसमा मूख्य चरित्र अक्षयकुमारले निर्वाह गर्दैथिए । तर, अक्षयले दिशालाई फिल्मबाट निकालेका छन् ।
जतिबेला दिशा पटानीलाई ‘मंगलयान’को अफर प्राप्त भएको थियो, त्यसबेला उनी एकदम खुसी भएकी थिइन् । उनले उक्त अफर तुरुन्तै स्विकार पनि गरेकी थिइन् । तर, पछि उक्त फिल्ममा उनीसँगै अरु तीन जना फिमेल कास्टको पनि महत्वपूर्ण भूमिका छ भन्ने कुरा थाहा पाइन् । फिल्ममा केन्द्रिय भूमिका अक्षयकुमारको र उनको अपोजिटमा विद्या बालन थिइन् । त्यसका साथै अरु तीन जना अभिनेत्री पनि । यति धेरै स्टार्सको अगाडि दिशा हराउने भय थियो । अर्थात उनको भूमिका खास नहुन सक्थ्यो ।
त्यसो त सलमान खानको फिल्ममा पनि उनी एक्ली छैनन् । अहिले धमाधम छायांकन भइरहेको फिल्ममा उनीसँगै क्याटरिना कैफ पनि छिन् । साथसाथै तब्बु पनि । यो फिल्म अली अब्बास जफरले निर्देशन गर्दैछन् । सलमान खानको अन्य फिल्ममा झै यो पनि इदको अवसरमा सार्वजनिक हुँदैछ ।

गृहपृष्ठ
Home
Post a Comment