नेपाली यौन साहित्य सँगालो :
Home » » अर्जुन कपुर र मल्लाइका अरोरा बिहे गर्दै

अर्जुन कपुर र मल्लाइका अरोरा बिहे गर्दै

एजेन्सी । बलिउड संसारमा अहिले बिहावारीको माहुल नै बनेको छ । दिपिका पादुकोण र रणबीर सिंहबीचको बिबाहको चर्चा होस् या देशी गर्ल भनेर चिनिने प्रियंका चोपडाको बिबाह अधिकांशले बिबाह गरेर बलिउडलाई बिबाहमय बनाएका छन् । यहीबीचमा अभिनेत्री मल्लाइका अरोरा र अभिनेता अर्जुन कपूरको विवाहको खबर बाहिरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार, अर्जुन कपूर र मल्लाइका अरोरा खानले आगामी वर्ष विवाह गर्ने भएका छन्। अर्जुन र मल्लाइका विगत दुइ वर्ष देखि प्रेम सम्बन्धमा छन्। मल्लाइकाको सम्बन्ध विच्छेद हुनुमा अर्जुनलाई मूख्य कारण मान्ने गरिन्छ। मल्लाइकाले अभिनेता तथा निर्माता अरवाज खानसंग १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगाएकी थिइन्। अरवाज र मल्लाइकाको एक छोरा समेत छन्। सन्तानकै लागि उनीहरु विशेष दिनमा भने संगै देखिने गरेका छन्। केही दिन अगाडी मात्र अर्जुन कपूर र मल्लाइका व्यक्तिगत भ्रमणमा गएर फर्किएका थिए।

उनीहरु विभिन्न कार्यक्रममा संगै देखिने गर्छन्। अर्जुन कपूरले एक कार्यक्रममा प्रेम गर्नु भनेको त्यो व्यक्तिलाई हरेक क्षणमा साथ दिनेछु भन्ने वाचा रहेको र आफूलाई प्रेम गर्ने मात्र होइन, सम्बन्ध निभाउनुपर्छ भन्ने ज्ञान रहेको बताएका छन्।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger