नेपाली यौन साहित्य सँगालो :
Home » » उनीसँग बिताएको दुई रात

उनीसँग बिताएको दुई रात

~~श्रोत: अन्लाईनबाट~~

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो ।
अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ? कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, क्यान्टीनमा गएर एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।
२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’
मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।’ यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्महत्या त गरिन ।
हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ ।
रिप्लाई आएन म्यासेजको । बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट । घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ?
तेस्सै मैले छोटो उत्तर दिएं । कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें । हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन ।
उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले । मेरो ध्यान सन्ध्याकै फोनमा थियो ।
यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।
म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो ।
उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ । फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु ।
पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् ।
अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger